प्रधानाध्यापकबाट सन्देश

विनोद चन्द
प्रधानाध्यापक
श्री दुर्गा माध्यमिक विद्यालय

यस श्री दुर्गा माध्यमिक विद्यालय पुनर्वास क्षेत्रकै अग्रणी शैक्षिक संस्था हो । यस संस्थाले यस क्षेत्रको शैक्षिक उत्थानमा महत्वपूर्ण योगदन दिदै आएको छ । अग्रणी संस्था भएकोले यसका आफ्नै चुनौती रहेका छन् । विद्यालयले शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न यस संस्थाले स्पश्ट दृष्टीकोण र उद्देश्य लिई अगाडी बढ्न जरुरी छ । संस्थाको उन्नती र प्रगतिका लागि विद्यालयले विद्यालय सुधार योजना निर्माण गरी कार्यन्वयन्मा ल्याएको छ । विद्यालय सुधार योजना निर्माणका क्रममा विद्यालयले आगामी दिनमा विद्यालयलाई अझ सशक्त र जनप्रिय र विध्यार्थी मैत्री विद्यालय वातावरणको सृजना गरी एक उत्कृष्ट शैक्षिक गन्तव्य दिने संस्थाको रुपमा स्थापित गर्न लागी परेको छ । योजना र उद्देश्यलाई मुर्त रुप दिन यस क्षेत्रका वुद्धिजिवी समाजसेवी र शिक्षाप्रेमीहरुको साथ र सहयोगको विद्यालयले सदैव अपेक्षा गर्दछ । विद्यालयले अगामी दिनमा यस क्षेत्रकै नमुना विद्यालयको रुपमा स्थापित गर्न कार्यक्रमहरु निर्माण गरी योजनावद्ध रुपले अगाडी बढीरहेको छ । विद्यालयलाई अग्रणी नमुना विद्यालयको रुपमा उभ्याउन यस क्षेत्रका सम्पुर्ण जनताको साथ सहयोग र पुर्ण समर्थनको अपेक्षा गर्दछ । साथै विद्यालयको उन्नती र प्रगतिका लागी विद्यालय परिवार सदैव सकारात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछ।

धन्यवाद ।


सूचना सूचीहरू



समाचार सूचीहरू